RUMPUM
animated ellipse animated ellipse

धनगढीको शहीद गेटमा बम विस्फोट, पाँच जना घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ श्रावण २०७६, बिहीबार २०:४८
3
Shares

धनगढी / सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपालिका–३ शहीद गेटमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् ।

आज साँझ धनगढीको निलम होटल अगाडि विस्फोट भएको प्रदेश नम्बर सातका प्रहरी प्रमुख डीआईजी तारणी लम्सालले बताएका छन् ।

प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना आएको थियो । तर, शक्तिशाली बम वस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीआईजी लम्सालले बताए । उनका अनुसार घटनास्थलबाट एक थान नाइन एमएमको पेस्तोल बरामद गरिएको छ । घाइते छ जनाको धनगढीस्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको डीआईजी लम्सालले बताए ।

घटनास्थलमा पेस्तोल भेटिएकोले विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । अहिले सीमा नाका, विभिन्न होटलहरु सर्च अप्रेसन जारी गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको डिआईजी लम्सालले बताए ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरी नेतृत्वको टोली पुगेको छ । गिरीका अनुसार टिफिन बक्समा राखिएको वस्तु पड्किएको प्रारम्भिक छानबिनबाट देखिएको छ ।

घाइतेमध्ये दुई जना विप्लव समूहकै भएको प्रहरी स्रोतले बताएको छ । घाइते लक्ष्मण सेराला र राम सिंह दुवैजना कञ्चनपुरको बेलाडाँडीका भएको खुलेको छ । घाइते हुनेहरूमा राम सिँह बझाङ (विप्लब समूह),लक्ष्मण सेरला बेलौरी ५ कन्चनपुर (विप्लब समूह),मोबिन खान ९ठेगाना नखुलेको०, जितेन्द्र यादव ९ धनगढी ४ बोराडाँडी०, केशवराज पाण्डे होटल मालिक रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर