RUMPUM
animated ellipse animated ellipse

सवारी दुर्घटनाबाट २ को मृत्यु ३० घाईते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ श्रावण २०७६, बिहीबार १४:२५
3
Shares

पथरी / मोरङको पथरीशनिश्चरे १० मा बस र पिकअप आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बसका सहचालक मोरङ कानेपोखरी गाँउपालिका ३ का ३१ बर्षिय टिकाराम थापा र बसमा सवार तत्काल नामथर वतन नखुलेका अन्दाजी ३५ बर्षिय पुरुष ब्यक्ती रहेका छन् । आज बिहान सवा ९ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिंदा बस अनियन्त्रीत भई दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ । रफ्तारमा रहेका बस र पिकअप ठोक्किदा बस सडकमा पल्टिएको थियो । बस र पिकअपको अगाडीको भाग पूर्णरुपमा कुच्चिएको छ । वसका सवै सिसाहरु फुटेको र अगाडीको चक्कासमेत निस्किएको छ ।

दुर्घटनामा बसमा सवार तत्काल नाम थर नखुलेका पुरुष ब्यक्तिको घटनास्थलमा नै मृत्यु भएको थियो भने बसका सह चालकको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका घाईतेहरुमा ५ जनाको न्युरो अस्पताल विराटनगरमा, ८ जनाको मोरङ डाइनेस्टिक अस्पताल पथरीमा, ६ जनाको पथरी अस्पताल पथरीमा र अन्यको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर