AArya
RUMPUM
animated ellipse animated ellipse

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई ग्रिनल्याण्ड कलेजकोे अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ श्रावण २०७६, बुधबार १७:२१
18
Shares

विराटनगर / विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।

कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान, व्यवस्थापन, तथा होटल मेनेजमेन्ट संकायमा छैटौं औं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

विज्ञान संकासयमा ४ सय ३४, व्यवस्थापन तथा होटल मेनेजमेन्ट संकायमा १ सय ३९ जना विद्यार्थीहरु भर्ना भएको कलेजले जनाएको छ ।

कार्यक्रममा कलेजका प्रिन्सिपल दिपक पोखरेल, कलेजका निर्देशकहरु दिनेश दाहाल, राजिव मिश्रा, शिवनारायण यादव, पिताम्वर लुइटेल, विशाल खनाल, कलेजका को–अर्डिनेटर हरि धमलाले कलेजको बारेमा जानकारी गराएका थिए भने अभिभावकहरु इन्द्र गौतम र आन्नद मेहता तथा कक्षा–११ मा भर्ना भएको विद्यार्थीहरु अंकीता जीसी, मेहवुव आलम र विमो अधिकारीले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर