पूर्वाञ्चल खबर
विराटनगर / नेपाल र मलेसीया बीच भएको टि–२० अन्तराष्ट्रिय सिरिजको दोस्रो टि–२० क्रिकेटमा नेपालले मलेसीयालाई १ सय ७४ रनको विशाल लक्ष्य दिएको छ ।
मलेसीयाको किनरारा ओभल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ७३ रनको योगफल तयार पारेको थियो । नेपालका लागि विनोद भण्डारीले अर्ध सतक प्रहार गरे । छैटो नम्बरमा ब्याटिङ गर्न आएका विनोददे २५ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै ५१ रनमा नटआउट रहे । त्यस्तै सरद भेषावकरले २८ बलमा २ छक्का र ४ चौका प्रहार गर्दै ४० रन बनाउँदा कप्तान पारस खडकाले १९ बलमा २ छक्का र २ चौका प्रहार गर्दै २३ रन, रोहत पौडेलले १९ रन, करण केसीले १६ रन ,पवन सर्राफले १० रन र उप कप्तान ज्ञमनेन्द्र मल्ल ७ रन बनाएर आउड भए भने सोमपाल कामी १ रनमा नटआउड रहे । मलेसीयाका फि त्री शामले ३ विकेट लिँदा सयद अजिज र एस मुनिएन्डीले १– १ विकेट लिए ।
जुलाई २३ बाट सिंगापुरमा आयोजना हुने टि–२० विश्वकप छनौट एसिया फाइनल प्रतियोगितामा नेपाल र मलेसिया दुवै सहभागी हुँदैछन् जसको तयारीको लागि सिरिज आयोजना गरिएको हो । नेपाल र मलेसियाले कुनै पनि किसिमको सिरिज खेलेको योनै पहिलो पटक हो भने दुवै देश बीच यो नै पहलो टि–२० अन्तराष्ट्रिय समेत हो ।