AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी अञ्चल अस्पतालको मुल गेट जलमग्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ असार २०७६, बिहीबार १८:००
3
Shares

विराटनगर / विराटनगरमा रहेको एक मात्र प्रादेशिक अस्पताल कोशी अञ्चल अस्पतालमा बर्षातको समयमा पानी पस्न नदिन विशेष सर्तकर्ता अपनाइएको छ ।

विगत केही दिनदेखि लगातारको भएको वर्षाले अस्पताल गेटको परिसरमा पानी जम्न थालेपछि सो सर्तकर्ता अपनाइएको हो ।

अस्पताल वरपरका सडकहरु अग्ला हुनु , विराटनगर महानगरपालिकाले नालाको निर्माण कार्य शुरु गर्नु र ५० वर्ष पहिले निर्माण भएको उक्त अस्पताल गहिरो देखिनुले समस्या उत्पन्न भएको र यसवाट आमनागरिकहरुलाई सेवा लिन समस्या हुने गरेको देखिएको छ ।

अस्पताल परिसरमा पानी जमेको कारण सेवाप्रदत्त चिकित्सक, नर्स, र एम्वुलेन्स र सर्वसाधरणलाई आवतजावतमा कठिनाई देखिएकोले पनि अहिले सो पानी फाल्न जनपद र सशस्त्र प्रहरीले मोटरको प्रयोग गरी पानी फालिरहेका छन् ।

यस्तै अस्पतालको अवस्थालाई सामान्य वनाउन महानगरपालिकाले वरपरका अवरुद्ध नालालाई सफा गरिरहेकोले केही समयपछि नै जमेको पानी हटने महानगरपालिकाका प्रमुखका स्वकीय सचिव सविन दाहालले वताए ।

अस्पतालमा विरामी उपचारमा कुनै असुविधा नभएको अस्पताल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर