RUMPUM
animated ellipse animated ellipse

सुरक्षागार्डलाई जोखिम व्यवस्थापन तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ असार २०७६, सोमबार १९:००
3
Shares

विराटनगर / विराट गोरखा सेक्युरिटि प्रालिले सेक्युरिटी गार्डहरूलाई एक दिने जोखिम व्यवस्थापन तालिम दिएको छ ।

विराटनगरस्थित नोवल मेडिकल कलेजमा सुरक्षा गार्डहरुको लागि एक दिने जोखिम व्यवस्थापन तालिम दिएको हो । उक्त तालिममा कम्पनीका निर्देशक रामकुमार श्रेष्ठ, प्रशिक्षकद्धोय साजन श्रेष्ठ र किशोर राईले सुरक्षा गार्डहरूलाई प्रशिक्षण दिएका थिए ।

दैनिक सेवामा आकस्मिक रुपमा आई पर्ने प्रकृतिक र मानव निर्मित जोखिमहरुलाई कसरी व्यवस्थापन गर्ने, सेवाग्रहि पाहुना र भौतिक सम्पतिमा हुने जोखिमहरुको वैज्ञानिक ढंगले व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा विभिन्न उदाहरणहरु प्रस्तुत गर्दै प्रशिक्षण दिईएको थियो । तालिमममा १ सय जाना सुरक्षागार्डको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर