RUMPUM
animated ellipse animated ellipse

आफन्त जोगाउँन जागिरबाट निकाले मेयरले

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ असार २०७६, सोमबार १८:१४
108
Shares

विराटनगर / सुनसरीको इटहरी उपमहानगरपालिकामा घर नक्साफाटमा कार्यरत प्राविधिक रामवहादुर खडकाले आफुलाई उपमहानगरपालिकाका प्रमुख द्धारिकालाल चौधरीले कामवाट जर्वजस्ती निकालेको आरोप लगाएका छन् ।

उनले विराटनगरमा आज पत्रकार सम्मेलनगरि घरनक्सा पास गर्दा आर्थिक चलखेल नगरेको र आफु निर्दोस रहेको वताए । उनले इमान्दार भएर काम गर्दा पनि आफुलाई भ्रष्ट कर्मचारी भनेर मेयर चौधरीले उपमहानगरको जागिरवाट निकालेर आफुमाथी अन्याय गरेको वताए ।

नक्सा फाटका प्राविधिक खडकालाई इटहरी वडा ९ का चाणक पोखरेलका श्रीमती रिता पोखरेलको तल्ला थप घर नक्सा पास गर्दा आर्थिक लेनदेन गरेको आरोप लागेको छ । त्यहि विषयलाई लिएर खडकालाई जागिरवाट निकालिएको थियो ।

यस विषयमा आप्mनो कुनै सलग्नता नरहेको खडकाले दावी गरेका छन् ।
उनले रिता पोखरेलको घरनक्सा पासका लागी आफुुले कुनै हस्ताक्षर नगरेको र नगर प्रमुख चौधरीका आफन्त मनोज चौधरीले सवै ठाउँमा हस्ताक्षर गरेको र उहाँलाई जोगाउन नगर प्रमुखले जर्वजस्ती आफुलाई आरोप लगाएको खडकाले गुनासो गरे । खडकाले यस विषयमा सत्यतथ्य छानविन गर्न माग समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर