animated ellipse animated ellipse

कोरोना महामारीका कारण घरमै जलकुण्ड बनाएर अस्ताउँदो सूर्यलाई अर्घ(फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ मंसिर २०७७, शुक्रबार १८:०१
1.41k
Shares
विराटनगर / श्रद्धा र भक्तिपूर्वक मनाइने सूर्य उपासनाको महानपर्व छठ यसपटक कोरोना महामारीको कोरोना महामारीका कारण घरमै जलकुण्ड बनाएर धेरैले ब्रतालुहरुले घरमै र कतिपयले नहर तथा स्थानीय जलाशयहरुमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाएका छन् ।

कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै ब्रतालुहरुले आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आरधना, उपासना र पूजा गरी अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका छन् । विगत वर्षहरुमा झकिझकाउ हुने नहर, नदी तथा जलाशयहरु यस वर्ष भने त्यति उत्साहजनक देखिएको छैनन् ।

कोरोना महामारीको जोखिम बढ्न सक्ने भन्दै सरकारले भीडभाडरहित छठपर्व मनाउन आग्रह गरेपछि यसपटक विराटनगरका अधिकांश ब्रतालुहरुले वैकल्पिक रुपमा घरघरमै अस्थायी पोखरी बनाएर छठपर्व मनाएइ रहेका छन् ।

विगतमा नहर तथा नदीमा छठ मनाउँदै आएका विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले यस पटक घरमै सानो पोखरी खनेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । अर्घ दिनु अगाडी प्रमुख पराजुलीले विराटनगर ३ स्थित घरदेखि करिब १ सय मिटरमा रहेको पोखरीसम्म शरीरलाई भुईमा राखेर दण्डप्रणाम गरेका छन् । योसँगै पराजुलीले छठमा दण्डप्रणाम गरेको १८ औं पटक पुगेको छ । धमकर्मप्रति विश्वास राख्ने पराजुली विराटनगरको मेयर भएपछि नगरबासीको शान्ति, सुरक्षा, सुख र समृद्धिको कामना गर्दै छठको ब्रत लिएको बताए ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास रहिआएको विराटनगर–७ की चन्दा मण्डलले बताइन् ।विराटनगरस्थित केशलीया खोला, सिंघीया खोला, सुनसरी मोरङ सिंचाइ आयोजनाको नहर तथा विभिन्न पोखरीहरुमा विगत वर्षमा जस्तो छठ मनाइएन । नहर तथा खोला छेउ केही सर्वसाधारणले फाट्टफुट्ट घाट निर्माण गरेर आज अस्ताउँदो सूर्यलाई जलापर्ण गरे ।

चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेश्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई आरधना गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर