पूर्वाञ्चल खबर
विराटनगर / नेपाललाई यही वर्ष साक्षर मूलुकको रुपमा घोषणा गर्ने अभियान संचालन शुरु गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले वताए ।
आज विराटनगरमा “साक्षर मोरङ जिल्ला घोषणा समारोह तथा मोरङ जिल्ला खुल्ला दिशामुक्त घोषणा समारोहको उद्घाटन गर्दै मन्त्री पोखरेलले साक्षर घोषणावाट गरीवी घटाउँनका लागि उत्पादन र शिपसंग जोड्नु पर्ने बताए ।
मन्त्री पोखरेलले विगतमा शिक्षामा राजनीतिक भएको हुनाले अहिले सामुदायिक विद्यालयको अवस्था खस्केको चर्चा गर्दै शिक्षकले प्रविधि केन्द्रीत भइ शिक्षा कक्षा कोठामा समय दिनु पर्नेमा बताए । संघीय सरकारले यस वर्ष २ सय १२ वटा सामूदायिक विद्यालयहरुमा प्रविधिक शिक्षा विस्तारका लागि प्रयोगशाला र प्राविधिक शिक्षकको व्यवस्था गर्न आवश्यक वजेट छट्याएको जानकारी दिदै मन्त्री पोखरेलले विद्यालय प्राविशिक शिपका लागि स्थालगत अध्ययन गराउनु पर्नेमा जोड दिए ।
स्थानीय सरकारले शिक्षा सेवा आयोग उत्तीर्णलाई शिक्षकमा नियुक्त गर्न आग्रह गर्दै मन्त्री पोखरेलले संघीय सरकारले यस वर्ष एक हजार नमूना विद्यालय वनाई स्थानीय सरकारलाई संचालन गर्नका लागि दिने वताए । उनले वर्तमान सरकार सामूदायिक विद्यालय सुधारका लागि १० वर्षे अभियान अन्तर्गत आगामी २०८५/८६ भित्र अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाइ सामुदायिक वनाउने उद्देश्यले कार्य गरिरहेको जानकारी दिए ।
प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पाटीमा लेख्ने साक्षरता अव सकिएको वताउँदै अवको साक्षरता कम्प्यूटर सञ्चालन सिकाउने अभियान संचालन गर्र्नु पर्नेमा बताए । विद्यालयले प्राविधिक शिक्षा, अंग्रेजी पठन पाठन संचालन गर्नु पर्ने आवश्यक्त औल्याउदै मन्त्री घिमिरेले प्रदेश सरकार यस कार्यमा सदैव सहयोग गर्ने दृढता व्यक्त गरे ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आगामी पाँच वर्ष भित्र सामूदायिक विद्यालय सुधारका लागि ऐन ल्याउने जानकारी दिनु महानगरपालिका भित्र रहेका १० वटा विद्यालयलाई नमूनाको रुपमा विकास गरी अग्रेजी माध्यमवाट पठनपाठन गरिने वताए ।
साक्षर हुदै शिक्षित जिल्ला वनाउनु पर्नमा जोड दिदै प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारील जिल्लामा सार्वजनिक शौचालय निर्माण गर्नु पर्ने आवश्यक्ता रहेका बताए ।
जिल्ला समन्वय समितिका मोरङका संयोजक नरेशप्रसाद पोखरेल,शिक्षा विकास समन्वय इकाईका अध्यक्ष दिर्घ चापागाइ र सुधा श्रेष्ठले जिल्लालाई साक्षर र खुल्ला दिशा मुक्त घोषणा गर्न सवैको सहयोग प्राप्त भएको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
मोरङ जिल्लामा ९६ दशमलव ५९ प्रतिशत १५ देखि ६० वर्षका उमेरका साक्षक्ष्र रहेको र २ लाख २ हजार ८२० घरमा सुरक्षति शौचालय रहेको छ ।
जिल्लामा ११ हजार सुरक्षित शौचालय पुननिर्माण र मर्मत पछि खुल्ला दिशामुक्ता घोषणा गरिएको सोही अवसरमा वताइयो ।
मन्त्री पोखरेलले साक्षर अभियान र खुल्ला दिशा अभियानमा सहयोग गर्ने जिल्लाका विभिन्न स्थानीय निकायका प्रमुख, उपप्रमुख, संघसंस्थाका प्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरे ।
मोरङ जिल्लामा साक्षरता अभियानमा ५१ जिल्ला र खुल्ला दिशामुक्तमा ६६ जिल्ला रहेको छ ।