पूर्वाञ्चल खबर
विराटनगर /कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विराटनगर–१० मा रहेको कोवास कलेजले विहीबार प्रवेश परीक्षा लिएको छ ।
कलेजले २ सय २५ कोटा रहेको विज्ञान संकायमा ५ सय ४६ र २ सय ७० कोटा रहेको व्यवस्थापन संकायमा ७ सय ३५ गरी १ हजार २ सय ८१ जना विद्यार्थी परीक्षामा सहभागि रहेको कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठले जानकारी दिए । प्रिन्सिपल श्रेष्ठका आज लिएको परीक्षाको नतिजा शुक्रबार विहान प्रकाशन हुने जनाए ।
राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको बोर्ड परीक्षाका कलेजमा कक्षा ११ की छात्रा निशा राजवंशीले ३ दशमलव ८५ जिपीय ल्याई नेपाल दोस्रो भएकी कलेजले जनाएको छ ।