AArya
RUMPUM
animated ellipse animated ellipse

वेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले रोजगार मेलाको आयोजना गरेका हौ : मन्त्री घिमरेले

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ असार २०७६, बुधबार १७:३३
3
Shares

विराटनगर / प्रदेश १ को सामाजिक विकास मन्त्रालयले प्रथम प्रादेशिक रोजगार मेला आयोजना गर्ने भएको छ ।

वेरोजगार यूवालाई रोजगारमा जोडन सामाजिक विकास मन्त्रालयले ‘प्रथम प्रादेशिक रोजगार मेला २०७६’ आउँदो असार २८ गते विराटनगरस्थित जैन भवनमा गर्दैछ । रोजगार मेलाको तयारी तिव्र रूपमा अगाडी बढेको सामाजिक विकास मन्त्रालयले आज मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । प्रादेशिक रोजगार मेलाको अगुवाइ प्रदेश सरकारले गरेको सामाजिक विकास मन्त्री जीवन घमिरेले बताए ।

रोजगारदाता र वेरोजगार जनशक्ति बिचको पुलको काम प्रदेश सरकारले गरेको मन्त्री घिमिरको भनाई थियो । प्रथम प्रादेशिक रोजगार मेलाबाट १ हजार २ सय जनाले वेरोजगारले रोजगार पाउने मन्त्रालयले अपेक्षा राखेको छ । प्रदेश सरकारले वेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले रोजगार मेला आयोजना गरेको मन्त्री घिमरेले बताए ।

रोजगार मेलामा सहभागि हुने वेरोजगार जनशक्तिको लागि मन्त्रायले अनलाइन मार्फत पनि फारम भर्ने व्यवस्था मिलाएको छ । रोजगार मेलामा सहभागि हुनेहरूका लागि मन्त्रायले असार १७ देखि २४ गते साझसम्म रोजगारी आवेदन फारम खुल्ला गरेको पनि जानकारी गराएको छ । रोजगारी आवेदन फारम भर्न प्रदेश १ मा रहेका प्रत्येक स्थानिय तहसँग समन्वय गरि रोजगार संयोजन मार्फत फारम भर्न मिल्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर