AArya
RUMPUM
animated ellipse animated ellipse

मनमोहन ‘प्राविधिक विश्वविद्यालय’ स्थापनाका गर्न करिव १७ करोड विनियोजन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ असार २०७६, शनिबार १८:२२
9
Shares

मनोज दाहाल
विराटनगर / मनमोहन स्मृति पोलिटेक्निकलाई ‘प्रादेशिक प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेश नं १ सरकारले १६ करोड ५० लाख विनियोजन गरेको छ ।

प्रदेश सरकारले गत असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६–७७ को वजेटमा मोरङ जिल्लालाई आर्थिक समृद्धि र रोजगार वृद्धिलगायतका कार्यमा विशेष जोड दिए अनुसार मोरङको वुढीगंगा–४ मा रहेको मनमोहन स्मृति पोलिटेक्निकलाई ‘प्रादेशिक प्राविधिक विश्वविद्यालय‘ स्थापना गर्न लागेको होे ।

प्रदेशमा रहेका उद्योग, कृषि, सडक, स्वास्थ्य उपकरण, सूचना प्रविधि लगायतका क्षेत्रमा आवश्यक पर्ने दक्षजनशक्ति उत्पादन गरी युवायुवतीलाई रोजगार उपलव्ध गराउनका लागि ‘मनमोहन प्राविधिक विश्वविद्यालय’ स्थापनाका लागि वजेटको व्यवस्था गरिएको हो ।

प्राविधिक तथा शिपमूलक शिक्षाको अभावमा विद्यार्थीहरु अन्यत्र भौतारिनु पर्ने,पैसा हुनेले भारत तथा तेश्रो देश जानु पर्ने वाध्यतालाई यो प्राविधिक विश्वविद्यालयले अन्त्य गर्ने विश्वास लिन सकिन्छ ।

यो विश्वविद्यालयले यस क्षेत्रमा आवश्यक पर्ने दक्ष जनक्तिहरुको प्रक्षेपण गरि सोही अनुसार आफ्ना सेवा विकास र विस्तार गर्न मद्दत पुग्ने आङकलन गर्न सकिन्छ ।
हाल उक्त पोलिटेक्नकले विभिन्न विधामा आवासीय सहित डिप्लोमा अध्यापन कार्य गर्दै आएको छ । उक्त प्राविधिक विश्वविद्यालयको उच्च पहाडी तथा हिमाली जिल्लाहरु ताप्लजुङ्ग, पाँचथर तेह्रथुम, संखुवासभा र सोलुखुम्वुमा आङ्गिक क्याम्पस सञ्चालनका लागि वजेटको समेत व्यवस्था गरिने भएको छ ।

यसैगरी मोरङको उर्लावारीमा रहेका ‘मदन भण्डारी प्राद्योगिक महाविद्यालय’लाई सेवा विस्तार गर्न १ करोड वजेटको व्यवस्था गरिएको छ । वजेटमा प्राविधिक शिक्षा व्यवसायिक तालीम कार्यक्रम संचालन गरिरहेको मोरङको शिशवनि जहदामा सञ्चालित ‘शैजला आचार्य प्राविधिक’ शिक्षालयलाई अनुदान उपलव्ध गराइएको छ ।

संघीय सरकार र स्थानीय तहको सहकार्यमा मोरङमा आर्सेनिक मुक्त स्वच्छ पिउने पानीको पु¥ष्याउनका लागि वजेटमा उल्लेख गरिएको छ ।

बजेटमा अत्याधुनिक सुविधा सहितका जेष्ठ नागरिकहरुलाई आराम, मनोरञ्जन आदिका लागि मोरङमा निर्माण गरिने ‘जेष्ठ नागरिक ग्राम’ स्थापनाका लागि रु २ करोड विनियोजन गरिएको छ ।

विराटनगरको शहीद रंगशालामा रात्रिकालिन खेल सञ्चालना लागि आवश्यक पर्ने ‘फ्लड लाईट’ जडान गर्न ५ करोड वजेट छुट्याएको छ । यस्तै विराटनगर–१९ मा रहेको बैजनाथपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रुपमा विकाश गर्न १ करोड रकमको व्यवस्था गरिएको वजेटमा उल्लेख गरिएको छ ।

प्रदेश नं १ वहुजातीय, वहभाषिक र वहुसांस्कृतिक प्रदेश भएकोले यहाँ वसोवास गर्ने सम्पूर्ण जाति, भाषा साहित्य र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मोरङको शनिश्चरेमा ‘वहुजातीय संग्रालय निर्माण’का लागि रु १ करोड ५० लाख वजेट राखिएको छ ।

विराटनगरमा विगत २५ वर्ष देखि निर्माण कार्य शुरु भएपनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको ४२ किलोमिटरको ‘विराटनगर चक्रपथ’ निर्माणलाई प्राथमिकता साथ सम्पन्न गर्ने उद्देश्यका साथ कार्य अगाडि वढाउन यस वर्ष वजेटमा उल्लेख गरिएको छ ।

यस्तै मोरङ र सुनसरी जिल्लाका १८ वटा स्थानीय निकाय भएर निर्माण गरिएको ‘वृहत विराट क्षेत्रमा चक्रपथ ’ निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिने भएको छ ।

बजेटमा विराटनगरमा अध्याधुनिक , सुविधका सम्पन्न र व्यवस्थित ‘प्रादेशिक वस पार्क ’निर्माण गर्ने उल्लेख गरिएको छ । मोरङ जिल्लामा ‘दुग्ध होलिडे’ अन्त्यका लागि विराटनरस्थित दुग्ध वितरण आयोजनाको उत्पादन क्षमता बृद्धि र सदृढीकरणमा विशेष जोड दिइएको छ ।

मोरङको पर्यटन क्षेत्र अन्तर्गत ‘सोनवर्षी थान’ संरक्षण र विकास गर्ने प्रतिवद्धता व्यक्त गरिनुका साथै विराटनगर – ६ मा निर्माण गरिने मुस्लिम समुदायको मुसाफिर खाना(सामुदायिधक भवन)को निर्माणमा सहयोग उपलव्ध गराइने बजेटमा उल्लेख गरिएको छ।

यसैगरी मोरङको बेतना सिमसार , बाघझोड गोठगाउँ क्षेत्रलाई आन्तिरिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न निजी, सामुदायिक र स्थानीय तहसंगको साझेदारी विकास र प्रवद्र्धन गर्न वजेटको व्यवस्था गरिएको छ।

विमानस्थलमा विराटनगर विमानस्थललाई विस्तार र स्तरोन्नती गरी अन्तर्राष्ट्रिय, राष्ट्रिय प्रादेशिक विमानस्लमा आवद्ध गर्ने विशेष जोड दिइएको छ भने विराटनगर विमानस्थलमा आन्तरिक पर्यवतीर्ए दृयष्ढावलोकन उडानलाई प्रवद्र्धन गरिने वजेटका उल्लेख गरिएको छ। प्रदेशमा रहेका १३ वटा विमानस्थल मध्ये आठ वटा चालू अवस्थामा छन् ।

मोरङ जिल्लामा व्यापक वृक्षरोपण सहित ‘तराई मधेश हरियाली वन विकास कार्यक्रम’लाई प्रभावकारी वनाउने वजेटमा उल्लेख गरिएको छ ।

यसैगरी प्रदेशस्तरीय ‘खुला प्राणी उद्यान’( चिडियाखाना) अन्तर्गत मोरङको भाउन्नेमा विस्तृत अध्ययन सहित आवश्यक पूर्वाधारको विकास गरिने भएको छ।
यस्तै जिल्लामा एक गाउँ, एक पोखरी कार्यक्रम समेत सँचालन गरिने भएको छ।

विराटनगर महानगरपालिका र निजी क्षेत्रको सहकार्यक्रमा शुरु भएको औद्योगिक प्रर्दशनी केन्द्रको निर्माणमा तिव्रता दिनुका लागि रु १ करोड वजेट छुट्याएको छ भने सघीय र निजी क्षेत्रको सहकार्यमा विशेष आर्थिक आर्थिक क्षेत्र(सेज) स्थापनामा सहयोग पु¥याउने रु ३ करोड वजेटको व्यवस्था गरिएको छ।
मोरङको नदी नियन्त्रण कार्य वहुवर्षिय योजना रुपमा सचालन गर्न वजेट व्यवस्था गरिएको छ।

मोरङको चिसाङ खोलामा तमोर नदी मिसाउने वनाउने ‘ तमोर चिसाङ्ग डाईर्भसन’ वहुउद्देश्य जलाशयुक्त’ आयोजना निर्माण गर्न संघीय सरकारको सहयोगमा प्रदेशिक प्राथमिकता प्राप्त आयोजनाको सञ्चालनका लागि आवश्यक पहल गरिने भएको छ ।

विराटनगरमा स्थापित यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गरी प्रभावकारी वनाउन वजेटको व्यवस्था गरिएको छ ।
प्रदेश नं १ को राजधानी विराटनगर र योसंग सम्वन्धित नयाँ संरचना लगायतका पूर्वाधारहरुको गुरुयोजना निर्माणका लागि सङ्घीय सरकारको सहभागितामा कार्य शुरु गर्ने गुरु योजनाका लागि वजेटको छ्ट्याइएको छ।

यसैगरी वृहत विराट क्षेत्रको विस्तृत गुरुयोजना तयार गरी कार्यान्वयन शुरु गरिने भएको छ भने वृहत विराट क्षेत्र र आसपासका क्षेत्रलाई समेटी निर्माण गरिने ‘स्याटेलाईट स्र्माट सिटी’को विकास गर्न विस्तृत अध्ययनका लागि बजेट व्यवस्था गरिएको छ।

विराटनगरमा राजनेताहरु विपी कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी र गिरिजाप्रसादको नामा ‘राजनेता पार्क’ निर्माणका लागि बजेटको विनियोजना गरिएको छ।

यस्तै प्रदेश तथा स्थानीय सरकारका कानून, नीति नियम ,निर्देशन, सूचना, प्रदेश लोकसेवा आयोग तथा विभिन्न विद्यालय एवम् विश्वविद्यायका परीक्षाका प्रश्नपत्र लगायत सामग्री प्रकाशन गर्ने उद्देश्यले ‘ सुरक्षित मुद्रण प्रेस’ स्थापनाका लागि बजेट विनियोजन गरिएको छ ।

प्रदेशमा सूचना तथा सचार प्रविधिको प्रयोगलाई व्यापक वढावा दिन प्रदेशलाई डिजिटल प्रदेश वनाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा ‘मुख्यमन्त्री ड्यास वोड’ र ‘प्रदेश डिजिटल डेक्स’ स्थापना गरी प्रादेशिक मन्त्रालय र स्थानीय तहसंग प्रत्यक्ष सम्वाद, समन्वय र अनुगमन गर्ने व्यवस्थाका लागि बजेटको व्यवस्था गरिएको छ।

यसरी सरकारले सोचे अनुसारको संकल्प पुरा गर्न प्रस्तुत गरिएको ४२ अर्व २० करोड ४ लाख १२ हजार वजेटमा पूँजीगत खर्च ५५ दशमलव ९ प्रतिशत छुट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर