AArya
RUMPUM
animated ellipse animated ellipse

न्यूरो हस्पिटलले बृहत स्वास्थ्य शिविर गर्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ असार २०७६, शुक्रबार २०:४१
27
Shares

विराटनगर / न्यूरो हस्पिटल विराटनगरको सहयोगमा शनिवार बृहत निःशुल्क स्वास्थ्य शिवर हुँदैछ ।

न्यूरो हस्पिटल विराटनगर र गौरादह नगरपालिका ९ नं वडा स्वास्थ्य शिविर उपभोक्ता समिति बैगुन्धुरा , झापाको संयूक्त आयोजनामा शनिवार स्वास्थ्य शिविर हुँदैछ ।

उक्त स्वास्थ्य शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.का बरिष्ठ न्यूरोलोजिष्ट डा बिरेन्द्रकुमार बिष्ट , बरिष्ठ न्यूरो सर्जन डा. मोहन कार्की , बरिष्ठ फिजिसियन डा. अग्रज उप्रेती , स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रेनुका राठी , बाल रोग विशेषज्ञ डा. सुरेशप्रसाद साह तथा अर्थोपेडिक सर्जन डा.अमित देउले स्वास्थ्य परिक्षण गर्नेछन् ।

शिविर झापा स्थित गौरादहको बैगुन्धुरामा हुदैछ । बैगुन्धुराको श्रीअमर माध्यमिक विद्यालयमा हुँदैछ । शिविरमा ल्याबटेस्ट , इइजी , इसिजि लगायतका टेस्टहरु निः शुल्क गरिने हस्पिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर