RUMPUM
animated ellipse animated ellipse

विपद् जोखिम न्युनीकरण संवन्धि साझा सवाल कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ असार २०७६, सोमबार १९:०३
3
Shares

विराटनगर / विपद् जोखिम न्युनीकरण संवन्धि साझा सवाल कार्यक्रम मोरङको ग्रामथान ४ मोतिपुरमा गरिएको छ ।

वल्र्ड भिजनको सहयोगमा नारी विकास संघ विराटनगरले आयोजना गरेको कार्यक्रममा सहभागीले वाढी र डुवानको समस्या धेरै भएकाले विपद्को पूर्व तयारी गर्न सुझाव दिएका थिए । नमूना आधारभुत विद्यालयका प्रधानाध्यापक वीरवहादुर तामाङले वर्षाद्को समयमा डुवानको धेरै समस्या भएको बताए । उनले गत वर्ष डुवानमा परि एक जनाको मृत्यु भएकाले पूर्व सावधान अपनाउनुपर्ने उहाँको सुझाव छ ।

स्वास्थ्य चौकी मोतिपुरका दिनेश खवासले आगलागीका घटनाहरु भएपनि तत्काल राहतको कार्य हुन नसकेको गुनासो गरे । कार्यक्रममा सहभागिहरुले बाढी आउन थालेपछि बालबालिकालाई विद्यालय जान आउन समस्या हुने बताएका थिए । वडाध्यक्ष वैजनाथ विश्वासले गाउँपालिकाले विपद्को पूर्व तयारीको कार्य गरिरहेको बताए । वडा कार्यालयले पनि विपद् जोखिम न्युनीकरणका लागि काम गरिरहेको उनको भनाई छ ।

नारी विकास संघले विपद् जोखीम न्युनीकरणका लागि ग्रामथान ४ र ५ , सुन्दरहरैचा १, वुढीगंगा ६ र ७ र विराटनगर १९ मा विभिन्न कार्यक्रमहरु गरिरहेको सामाजिक परिचालक लक्ष्मी राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर