AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को बजेट ४२ अर्ब २० करोड ४ लाख १२ हजार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ असार २०७६, आईतवार २१:२०
3
Shares

विराटनगर / प्रदेश १ सरकारले आर्थिक वर्ष २०७६–०७७ का लागि ४२ अर्ब २० करोड बराबरको बजेट प्रस्तुत गरेको छ । अधिकांश पुराना कार्यक्रमको निरन्तरता दिँदै कृषि र पर्यटनलाई प्राथमिकता राखेर प्रदेश १ सरकारले आप्mनो दोस्रो पूर्ण बजेट सार्वजनिक गरेको हो ।

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रवहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६–७७ का लागि आज प्रदेश सभा बैठकमा ४२ अर्व २० करोड चार लाख १२ हजार वजेट विनियोजन गरेको सदनलाई जानकारी दिए ।

कूल विनियोजनमध्ये चालुतर्फ १८ अर्व ५४ करोड ६४ लाख ७६ हजार अर्थात ४३.९ प्रतिशत ,पूँजीगततर्फ २३ अर्व ५७ करोड ३९ लाख ३४ हजार अर्थात ५५.९ प्रतिशत र वित्तिय व्यवस्थातर्फ रु आठ करोड अर्थात ०.२ प्रतिशत रहेको छ ।

अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरेको मन्त्री आङवोले सभालाई जानकारी गराए । मन्त्री आङवोले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतमध्ये आन्तरिक श्रोतवाट तीन अर्व ८६ करोड , राजश्व वाँडफाँडवाट १० अर्व ५२ करोड र अनुदानवाट २१ अर्व २१ करोड व्यहोरिने छ बताए ।

चालू आर्थिक वर्षको नगद मौज्दात करीव ६ अर्व ६१ करोड रहेन पूर्व अनुमान वजेट पुस्तिकामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर