पूर्वाञ्चल खबर
विराटनगर / इङ्ल्याण्ड तथा वेल्समा जारी १२ औं आइसिसी विश्वकप क्रिकेटअन्तर्गत आयोजक इङ्ल्याण्डले वेष्टइन्डिजलाई पराजित गरेको छ ।
पराजितसँगे पछिल्लो ४० वर्षदेखि ब्यारिेवियन टिमले इग्लिस टिमलाई विश्वकप क्रिकेटमा पराजित गर्न सकेको छैन। इंग्ल्याण्डविरुद्ध वेस्टइण्डिजले पछिल्लो पटक १९७९ मा जित निकालेको थियो।
साउथहेम्टनमा आज भएको खेलमा जक इङ्ल्याण्ड वेष्टइन्डिजलाई ८ विकेटले पराजित गरेको छ ।
२ सय १३ रनको लक्ष्य पाएको इंग्ल्याण्डले जोय रुटको सतकमा ३३ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । इंग्ल्याण्डको जितमा रुटले १ सय रमा अविजित भए । त्यस्तै जोनी बैरस्टोवले ४५ रन बनाउँदा क्रिस वोक्सले ४० रन बनाए भने बेन स्टोक्स १० रनमा अविजित भए । इंग्ल्याण्डको दुवै विकेट वेष्ट इन्डिजका स्यानन गाब्रियलले लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४० दशमलव १ बलमा सवै विकेट गुमाई २ सय १२ रनको सामान्य योगफल खडा गरेको थियो । वेष्ट इन्डिजका लागि निकोलस पुरनले ६३ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । सिमरन हिटम्यारले ३९ रन बनाउँदा क्रिस गेलले ३६ रन बनाए । त्यस्तै, एन्ड्रे रसेलले २१ रन बनाए । इंग्ल्याण्डका जोफ्रा आर्चर र मार्क वोडले समान ३–३ विकेट लिए भने जोय रुटले २ विकेट लिए ।