पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–७ मा ग्यालेक्सी पब्लिक स्कूलमा मोरङ प्रहरीले समुदायिक सुरक्षा अन्तर्गत डेंगु रोगलगायतका बिषयमा स्कूलमा सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत डेंगु रोग लागू औषध र साइवर सुरक्षा सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कोशी अञ्चल अस्पताल बिराटनगरका डा. पुरु कोइरालाले डेंगु रोग, जि.प्र.का.मोरङका प्र.नि. कमल वजगाँईले लागुऔषध र प्र.ना.नि.प्रविण भट्टराईले साइवर अपराध सम्वन्धि सचेतना मुलक कार्यक्रमको सहजिकरण गरेका थिए ।
कार्यक्रममा कक्षा १ र १० मा अभ्ययनरत ८५ जना विद्यार्थीको सहभागि रहेको स्कूलका प्रिन्सिपल अशोक लामाले जमनकारी दिए ।