पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर १० मा रहेको कान्तिपुर सेकेण्डरी स्कूलले निःशुल्क शिशु स्वास्थ्य परिक्षण कार्यक्रम गरेको छ ।
न्यूरो हस्पिटल विराटनगरको सहयोगमा बिशिबार स्कूलमा स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरेको हो । स्कूलमा न्यूरो हस्पिटलका वालरोग विशेज्ञ सुरेशप्रसाद साह र दन्त रोग विशेषज्ञ रवि श्रेष्ठले स्वास्थ्य परिक्षण गरे भने स्त्रीरोग विशेषज्ञ रेणुका राठी एवं छाला रोग विशेषज्ञ शुनिता कार्कीलगायतको समूहले अभिभावकहरुलाई स्वास्थ्य सम्बन्धी जनचेतना दिएको स्कूलका भाइस प्रिन्सिपल देविलाल महतोले बताए ।
भाइस प्रिन्सिपल महतोका अजुसार स्कूलमा अध्ययनरत १ सय जना बालबालीकाले स्वास्थ्य परिणणको लाभ लिए । विद्यालयले गुणस्तर शिक्षा दिनुको साथै बालबालीकाको स्वास्थ्य एवं अभिवाकको जनचेतनाको लागि पटक पटक यस्ता कार्यक्रमको आयोजना गरिरहेको भाइस प्रिन्सिपल महतोले जानकारी दिए ।