पूर्वाञ्चल खबर
विराटनगर / नेपाली विद्यार्थीलाई वाहिर गएर अध्ययन गर्न सहज होस भन्ने उदेश्यले विराटनरमा वृह्द भारतीय शैक्षिक मेला हुने भएको छ ।
भारतको विश्वविद्यालय तथा कलेजमा हुने विभिन्न विषयको अध्ययनका वारेमा नेपाली विद्यार्थी र अभिभावकहरुलाई एकथलोमा जानकारी गराउने उदेश्यले मेलाको आयोजना गर्न लागिएको हो ।
विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बुधबार एक दिन विराटनगरमा मेलाको आयोजना हुदैछ । मेलामा भारतका १५ वटा सरकारी तथा निजि विश्वविद्यालय र कलेजहरुको सहभागिता रहने छ ।
मेलामा विश्वविद्यालयका शिक्षक तथा कलेज संचालकहरुका समेत सहभागिता रहने जनाइएको छ । मेलामा राखिएका स्टहरुवाट सवै विषयमा जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । मेलामा भारत कर्नाटकका ११ वटा विश्वविद्यालयको सहभागित रहने छ । भारतका विश्वविद्यालयमा अध्ययन गर्दा कुन विषयमा कतिखर्च लाग्छ, कुन विषय र कुन कलेजमा पढने भन्ने विषयमा जानकारी प्राप्त हुने जनाएको छ ।
शैक्षिक मेला मार्फत पाँच सय भन्दा वढि नेपाली विद्र्यार्थी भारतका विभिन्न विश्व विद्यालय तथा कलेजमा अध्ययन गरि रहेका छन ।