RUMPUM
animated ellipse animated ellipse

इटहरीका मेयर द्वारिकलालले फिर्ता लिए नाकको हड्डी भाँच्ने धम्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ जेष्ठ २०७६, आईतवार २२:५०
3
Shares

इटहरी/ इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारहरुसँग माफी मागेका छन् ।

चर्को आलोचनापछि मेयर चौधरीले ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । मेयर चौधरीले आज एक विज्ञप्ति जारी गर्दै आवेगजन्य परिस्थितिका कारण आफूले त्यस्तो भन्न पुगेको स्पष्टिकरण दिएका छन् ।

उनले आफू लामो राजनीतिक यात्रापछि यहाँ आइसकेको बताउँदै दुई कार्यकाल जनप्रतिनिधिको भूमिका निर्वाह गरिसकेको स्मरण गरेका छन् । ‘२४ वर्षको उमेरमै तत्कालीन हाँसपोसा गाउँविकास समितिको दुई कार्यकाल अध्यक्ष भएर परीक्षण भइसकेको छु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘म उद्दण्ड हुँदै होइन, एक अनुशासित व्यक्ति हुँ ।’ आवेगजन्य परिस्थितिका कारण आफूले पत्रकार अनुपम र अन्य पत्रकारबारेमा बोलेका कुरा पनि मेयर चौधरीले फिर्ता लिएको बताएका छन् । ‘मेरो भनाइबाट उहाँ र सञ्चारजगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु।

सञ्चारजगतप्रति चोट पुर्याउने मेरो कुनै मनासय छैन र आगामी दिनमा पनि रहने छैन ।’उनले आफू उदण्ड नभई अनुशासित व्यक्ति भएको र सञ्चार जगतप्रति चोट र्पुयाउने आफ्नो मनशाय नभएको समेत बताएका छन् ।

मेयर चौधरीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अभियान जारी रहेको र यसमा सञ्चार माध्यमको रचनात्मक भूमिका चाहिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर