RUMPUM
animated ellipse animated ellipse

सुनकोशी नदीले बगाएर बालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ जेष्ठ २०७६, शनिबार १९:५५
3
Shares

उदयपुर / खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ का नबिन राईको छोरा १२ बर्षीय विजय राईको सुनकोशी नदी तर्ने क्रममा नदीले बगाएर मृत्यु भएको छ ।

आफ्ना नातेदार उदयपुरको रुपाटार गाउँपालिका ५ खुमल्टार स्थित सैनबहादुर राईको घरमा गएको र आज विहान घर फर्कने भनी हिडेका बालक बाटोमा पर्ने सुनकोशी नदी तर्ने क्रममा नदीले बगाई बेपत्ता भएका थिए ।

बालकलाई नदीले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो ४ बजे घटनास्थलदेखि केही तल मृत अबस्थामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर