पूर्वाञ्चल खबर
इटहरी । इटहरी स्थित एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसले अष्ट्रेलिएन एजुकेशन सेमिनार सम्पन्न गरेको छ ।

इटहरीमा सम्पन्न उक्त सेमिनारमा इटहरी आसपासका करिब ५ सय जना बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । सेमिनारमा चाल्स स्टर्ड यूनिभरसिटि, भिक्टोरिया यूनिभरसिटि, यूनिभरसिटि अफ साउदर्न क्युनसलेण्ड, टोरेन्स यूनिभरसिटि, एजुकेशन सेन्टर अष्ट्रेलिया, साउदन क्रस युनिभरसिटि, होम्स इन्टिच्युट, कप्लान विजनेश स्कूल, ब्राइटन कलेज, फेडरेसन यूनिभरसिटि क्युनसलेण्ड इन्टरनेशनल विजनेश एकडेमि (क्यु आइ बिए), अष्ट्रेलिएन स्किल मेनेजमेन्टलगायतका झण्डै एक दर्जन कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको आयोजक संस्था इटहरीका निर्देशक भवकृष्ण तिम्सिनाले बताएका छन् ।
कार्यक्रममा एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसका सि इ ओ संजिव शर्माले सेमिनारमा विश्वविद्यालय तथा कलेजको बारेमा जानकारी पाएको कुरा र बिद्यार्थीहरुलाई रिसर्च गरि आफ्नो करिएरलाई अगाडि बढाउन थप मदत पुग्नुका साथै अष्ट्रेलिया अन्तराष्ट्रिय विद्यार्थीहरुको रोजाई भएको र विश्व विद्यालय तथा कलेजको बारेमा पुर्ण रुपमा जानकारी लिई अध्ययन गर्न जानका लागि बिद्यार्थी जानकारी गराए ।
एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीका प्रबन्ध निर्देशक कमल तिम्सिनाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।