पूर्वाञ्चल खबर
विराटनगर / पुराना कम्युनिष्ट नेता लव प्रधान मित्र नेकपामा प्रवेश गरेका छन् । गणतन्त्र दिवसको अवसर पारेर उनी नेकपामा प्रवेश गरेको जिल्ला अध्यक्ष विनोद ढकालले जानकारी दिए ।
२०२२ सालदेखि २०५४ सम्म माक्र्सवादी, कोर्डिनेशन केन्द्र माले हुदै एमालेमा कृयाशिल रहेका प्रधान २०४८ सालमा गिरिजाप्रसाद कोइरालासंग चुनाव समेत लडेका थिए । ०५४ सालमा पार्टी फुटेपछि विभिन्न धारमा लाग्दै आएका प्रधान गत फागुनमा विप्लव नेतृत्वबाट राजिनामा दिएर बसेका थिए ।
पार्टी प्रवेश गरेपछि विज्ञप्ती जारी गर्दै प्रधानले पार्टी भित्रका सकरात्मक पक्षलाई सुदृढ गर्न र नकरात्मक कुरालाई हटाउन प्रयत्नशील हुने बताए । २१ वर्षपछि नेकपामा प्रवेश गर्न अनुरोध गर्ने नेकपाका नेताहरुलाई धन्यवाद दिदै उनले निरन्तर श्रमजीविको पक्षमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ५ वटा बुँदामा राजनितिक तथा जीवनखण्डका विषयलाई समेट्दैले प्रधानले विज्ञप्ती जारी गरेका छन् ।