पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ को प्रदेश सभो चौथो तथा बजेट अधिवेशन आजदेखि शुरु भएको छ ।
प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख प्रा.डा. गोविन्दवहादुर तुम्वाहाङले अधिवेशन आव्हान सञ्चालन सम्वन्धि पत्र पढेर सदनमा सुनाउँदै अधिवेशन शुरु गरेका हुन् ।
सदन विभेद रहित रुपमा अगाडि वढोस भन्दै प्रदेश सभा सदस्य विष्णु तुम्वाहम्फेले पाँचथरमा भएको सामूहिक हत्या, मोरङको पथरीको हत्या सम्वन्धमा सत्यतथ्य पत्तालगाउनु पर्नेमा जोड दिइन् । इन्दिरा राईले पाँचथर हत्याका दोषी पत्ता लगाई कडा कारवाही गर्नु पर्ने तथा परिवारका सदस्यहरुलाई राहत प्रदान गरी घाईतेको उपचार गर्न आग्रह गरीन् ।
मेरङका प्रदेश सभा सदस्य जयराम यादवले प्रदेशको नामाकरण यही अधिवेशनवाट टुङग्याउनु पर्नेमा जोड दिदै संसद विकाशको २ करोड वजेट समयमै निकाश दिनु पर्ने वताए ।
राजीव कोइरालाले प्रदेश सरकारले हावादारी नीति तथा कार्यक्रम नल्याउन आग्रह गर्दै पाँचथरको आरुवोटे घटनाका सम्वन्धमा प्रदेश सरकारको मन्त्रीले जवाफ दिनु पर्ने वताए ।
प्रदेशको विकास सम्वन्धी कार्य द्रुत गतिमा अगाडि वढ्न नसकोमा चिन्ता व्यक्त गर्दै टंक आङवुहाङ्गले प्रदेशको गौरवको योजनालाई विस्तृत अध्ययन प्रतिवेदन तयार गरी निर्माण कार्य आगाडि वढाउनु पर्ने बताए ।