RUMPUM
animated ellipse animated ellipse

पत्रकार खरेल पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ जेष्ठ २०७६, शनिबार १९:५९
3
Shares

विराटनगर / दाहाल प्रतिष्ठानले विराटनगरमा पत्रकार शंकर खरेललाई स्व. विद्यादेवी बाबुराम सरस्वती दाहाल सेवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानले आज विराटनगरमा एकसाथ आयोजना गरेको महत्वपूर्ण तीन कार्यक्रममा न्यू सृष्टि दैनिकका प्रधानसम्पादकसमेत रहेका पत्रकार खरेललाई १५ हजार राशिको पत्रकारिता पुरस्कारबाट पुरस्कृत एवं सम्मानित गरेको हो ।

खरेलले प्राप्त पुरस्कार राशिमा थप गरेर विराटनगर–१ र १९ का ४३ विद्यार्थीलाई पोशाक प्रदान गर्ने बताए । यो कार्यक्रम जेठ २५ गते हुनेछ ।प्रतिष्ठानले आयोजना गरेको सम्मान, हवन कुण्ड तथा जमराघर शिलान्यास एवं वंशावली विमोचन कार्यक्रममा दाहाल सेवा प्रतिष्ठानका संस्थापक अध्यक्ष शालिग्राम दाहाल, दाहाल प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शालिग्राम दाहाल र स्व. विद्यादेवी बाबुराम सरस्वती दाहाल सेवा कोषका अध्यक्ष बाबुराम दाहालले खरेललाई सम्मानसहित पुरस्कृत गरे ।
प्रतिष्ठानले गोविन्द पोखरेल, गीता घिमिरे, चेतनाथ पोखरेल, बुद्धिबहादुर मगर, खगेन्द्र दासी र मनोज भट्टराईलाई स्व. विद्यादेवी बाबुराम सरस्वती दाहाल सम्मान प्रदान गरेको छ । प्रतिष्ठानले विभिन्न सामुदायिक स्कुलमा अध्ययनरत ९ विद्यार्थीलाई नगद सहित पुरस्कृत गरेको छ । डा. तीर्थराज कोइराला र डा. मिना कोइराला कोषबाट अनिता दाहाललाई ११ हजार र राजकुमार साहीलाई ७ हजार नगद सहित पुरस्कृत गरेको छ ।
अमेरिकामा रहेका डाक्टर दम्पत्तिले आफू अध्ययनरत सुनसरी बागझोरा माध्यमिक विद्यालयका ५ जेहेन्दार विद्यार्थी मुन्नी शर्मा, एन्जीला खडका, दिपिका साह, सौरभ साह र शुशिला चौधरीलाई जनही ३ हजार नगद प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर