AArya
RUMPUM
animated ellipse animated ellipse

बंगलादेशको आर्थिक बृद्धिबाट नेपालले पनि शिक्षा लिन सक्छ: राजदुत आम्स

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ जेष्ठ २०७६, शनिबार १३:१७
3
Shares
कार्यक्रममा बोल्दै बंगलादेशकी राजदुत फास्फी विन्ते आम्स । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / बंगलादेशको आर्थिक बृद्धिबाट नेपालले पनि शिक्षा लिन सक्ने बंगलादेशकी राजदुत फास्फी विन्ते आम्सले बताएकी छिन् ।

आज एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालिले बंगलादेशी कम्पनीबाट उत्पादित स्टिल स्ट्रक्चर प्रविधिबाट बन्दै गरेको भवनको अवलोकन गर्दै राजदुत आम्सले यस्तो बताएकी हुन्् । उनले पछिल्लो समयमा बंगलादेशले आर्थिक बृद्धिदर र विकाशमा एसियामै उत्कृष्ट फड्को मारेको बताउँदै यसबाट नेपालले शिक्षा लिन सक्ने बताइन् । उनले प्रदेश १ बंगलादेशसंग जोडिने पुलको रुपमा रहन सक्ने बताउँदै यसबाट प्रदेश एकले फाइदा लिन सक्ने बताइन् ।

एभरेष्ट स्कूलको भवन नेपालकालागि नमुना प्रोजेक्टको रुपमा लिइएको छ । विराटनगर स्थित एभरेष्ट स्कूलले उच्च शिक्षा सञ्चालन गर्नकालागि २४ हजार स्क्वायर फिटमा यो नयाँ प्रविधिको भवन बनाएको फाउण्डेशनका अध्यक्ष विनोद ढकालले बताए । ४२ वटा कोठा भएको सो भवन आगामी तीन महिना भित्रमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । बंगलादेशको म्याक डोनाल्ड स्टिल लिमिटेडका साइद अहमदले जापानको निप्पोन स्टिलबाट उत्पादित कच्चा पदार्थ प्रयोग गरि बंगलादेशमा व्यवस्थित आधुनिक उपकरणबाट निर्माण गरिएको सामान यसमा प्रयोग गरिएको बताए ।

कम खर्चमै भुकम्प प्रतिरोधी र छोटो समयमा निर्माण गर्न सकिने विद्यालय भवन निर्माण गरिरहेको हिमालय प्रिफेव प्रालिका कार्यकारी निर्देशक निलमणी सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर