RUMPUM
animated ellipse animated ellipse

महाराजा विरवल शाहीको मन्दिर उद्घाटन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०७६, बिहीबार १५:३४
3
Shares

केशव न्यौपाने
रगेली । मोरङको सुनवर्षी नगरपालिका ८ स्थितिमा रहेको महाराजा विरवल शाहीको एेतिहासिक तथा प्राचीन मन्दिरको एक समारोहबीच प्रदेश सभासद जयराम यादवले उद्घाटन गरेका छन् ।

प्रदेश सभासद एव समाजवादी पार्टीका केन्द्रीय सदस्य जयराम यादव , समाजबादी पार्टीका मोरग अध्यक्ष राजकुमार यादवले सो जिर्ण अवस्मा रहेको मन्दिरको उद्घाटन गर्दै आफ्नोतर्फबाट सो क्षेत्रको विकाशका लागि सक्दो सहयोग गर्ने बताउँदै मन्दिर क्षेत्रको प्राचीन महत्त्वका बारेमा उजागर गर्न लाग्ने बताए ।

राजा हरिश्चन्द्रको पालादेखि नैै सो स्थलको अस्तित्वमा रहेको बताउने स्थानीय बुढापाकाहरु राज्यको ध्यान नपुग्दा पुरातत्वीक महत्त्व उजागर हुन नसकेको स्थानीय समाजसेवी मनिष मण्डल बताउँछन् ।

केही समय अघि स्थानीय लाले मण्डल अध्यक्ष ,रेणुदेवी विश्वास, उपाध्यक्ष मनोज यादव, सचिव महादेवी राजवंशी, कोषाध्यक्ष भगतलाल मण्डललगायतका स्थानीयहरुको सक्रियतामा सो स्थानलाई महाराज विरवल शाही सेवा समिती नामक सस्थाका रुपमा सस्थागत गरिएको छ ।

भौतिक पूर्वाधार विकाशमा कमि रहेको सचिव मनोज यादव दुखेसो गर्दै नगरपालिका ,प्रदेश र सघिय सरकारको यस प्राचीन स्थलमा ध्यान नपुग्दा यसको एतिहासिक महत्त्व प्रकाशमा ल्याउन नसकिएको बताउँछन् ।

वैसाख मसान्त दिन भब्य मेला लाग्ने यस मन्दिरको कुल ११ कठ्ठा जग्गा रहेको र त्यसमा भौतिक पूर्वाधार विकास गर्नु पर्ने अध्यक्ष लाले मण्डलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर