RUMPUM
animated ellipse animated ellipse

इटहरी सेमीफाइनलमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ जेष्ठ २०७६, बुधबार २०:०२
9
Shares

केशब न्यौपाने
रंगेली मोरङको सुनबर्षी २ अमरदहमा जारी तेस्रो अमरदह ढल्के जोबन गोल्ड कप फुटबल खेलको आज भएको अन्तिम क्वाटरफाइनल खेलमा धरानलाई भेट्रानलाइ इटहरीले ० -६ गोलको अन्तरले पराजित गरि सेमीफाइनल मा प्रवेश गरेको छ ।

अमरदह ढल्के जोवन यूवा क्लबको आयोजनामा अमरदहको विरेन्द्र सार्वजनिक मावि को खेलमैदान भएको खेलमा इटहरी सेमीफाइनलमा प्रवेश गरेको हो । इटहरीको जितमा लिलाराज थापा मगरले ह्याट्रिक गरे भने भोला राइले २ गोल र निर्मल तामाङले १ गोल गोल गरे । खेलको म्यान अफ द म्याच इटहरीका लिलाराम थापा मगर घोषित भए ।

प्रतियोगिता अन्तरगत बिहिवारको पहिलो सेमिफाइनल खेल दमक र एपिएफ पकली भेट्रानविच हुने आयोजक समितीका सोभित रायमाझीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर