AArya
RUMPUM
animated ellipse animated ellipse

जिम्नास्टिकमा एपिएफको बर्चस्व

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ पुष २०७३, बुधबार २१:३८
3
Shares

१३ पुस , धुलाबारी /धुलाबारीमा जारी जिम्न्यास्टिक खेलमा महिला फ्लोरको ब्यक्तिगत तर्फ एपिएफकी पिंकी झाँग ९.६० अंक हात पार्दै स्वर्ण पदक प्राप्त गरिन् । एपिएफकै रेशिका श्रेष्ठले ९.४ अंकका साथ रजत र एपिएफकै सुनिता निरौलाले ८.८० अंकका साथ कास्य पाईन् ।

भल्ट टेबल तर्फ एपिएफकै रेशिका श्रेष्ठले ८.४५ अंकका साथ स्वर्ण हात पारिन् । पिंकी झाँगले ८.१० अंकका साथ रजत पाईन भने सुनिता निरौलाले ८.० अंकका साथ कास्य पाईन् ।

अलराउन्ड तर्फ पनि एपिएफकै बाहुल्यता रह्यो । एपिएफकै तिनै खेलाडीले जित निकालेको खेलमा रेशिकाले १७.८५अंकका साथ स्वर्ण, पिंकी झागले १७.७ अंकका साथ रजत र सुनिता निरौलाले १६.८ अंक ल्याउंदै कास्य पाईन् ।
पुरुषका खेलहरु बिहिबार सम्पन्न हुने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर