पूर्वाञ्चल खबर
विराटनगर / अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा मोरङको धनपालथान–६ दादरबैरियास्थित आनन्द इँटा उद्योगमा ¥याली निकालिएको छ ।
बेटर ब्रिक नेपाल परियोजनामार्फत श्रमिक दिवसका अवसरमा ¥याली निकाएको हो । आनन्द इँटा उद्योग, दादरबैरियामा करिब एक सयजना र रंगेलीको आमतोलामा करिब ८० जना कामदारको उपस्थितिमा ¥याली सम्पन्न भएको थियो । ¥यालीमा कामदारहरूले समान कामको समान ज्याला लागू गर, श्रमको सम्मान गरौं, विश्वका मजदुर एक हौं, श्रममैत्री उद्योगः उद्योगमैत्री स्थानीय शासन र नीति जस्ता नाराहरू लगाएका थिए ।
¥याली सुरु हुनुभन्दा अगाडि परियोजनाकी फिल्ड कोर्डिनेटर सुनिता ताम्राकारले दिवसको औचित्य र कामदारका अधिकारका बारेमा प्रकाश पारिन् । ¥यालीको समापन दुवै उद्योगमा सम्बन्धित उद्योगका व्यवस्थापकले श्रमिकको सम्मान भए मात्र आर्थिक प्रगति हुने बताए ।
आनन्द इँटा उद्योग, धनपालथान र रंगेलीमा ग्लोबल फेयरनेश इनिसिएटिभको आर्थिक तथा प्राविधिक सहयोगमा एकीकृत हातेमालो समाजको नेपालको आयोजनामा बेटर ब्रिक नेपाल परियोजना सञ्चालन भइरहेको छ । परियोजनाका विभिन्न क्रियाकलापको सहयोगमा उद्योगमा बालश्रम निवारण भएको छ । परियोजनाले बालश्रम र बँधुवा श्रम निवारणका लागि काम गरिरहेको ताम्राकारले जानकारी दिइन् ।