खबर पूर्वाञ्चल
मगरलाई हिजो राती उनकै घरबाट १५ केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मगरले आफ्नै घरमा गाँजा संचय गर्ने र मौका छोपी बिक्री बितरण गर्ने गरेको विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा उक्त परिणामको गाँजा फेला पारी बरामद गरेको हो ।
पक्राउ परेका मगर उपर लागुऔषध ऐन अन्तरगत कानुनी कारबाही अगाडी बढाईएको उदयपुर प्रहरीले जनाएको छ ।