RUMPUM
animated ellipse animated ellipse

मेलेसियालाई पराजित गर्दै नेपालले लगातार दोस्रो पटक जित्यो एसीसी यू–१६ क्रिकेटको उपाधि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०७६, आईतवार १६:१५
3
Shares

विराटनगर /डिफेन्डिङ च्याम्पियन नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । थाइल्यान्डमा आज भएको फाइनल खेलमा नेपालले उपाधि रक्षा गर्ने क्रममा मलेसियाको चुनौतीलाई ५९ रनले पराजित गर्दै नेपालले दोस्रो पटक उपाधि हात पारेको हो ।

मेलेसियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाउँदा दीपक बोहराले २३ रन , विशाल विक्रम केसीले १७ रन र निखिलकुमार सिंहले १३ रन बनाए पनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । मलेसियाका लागि सचिनु हित्तेजले ३ विकेट तथा जिनेंद्र मुरालेले २ विकेट विकेट लिए ।

१४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४ दशमलव ५ बलमा सबै विकेट गुमाई ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको हो । मलेसियाका लागि मोहम्मद हजिक ऐमानले १८ रन बनाउँदा वान मोहम्मद अजामले १६ रन र जिनेन्द्र मुरलीले १४ रन बाहेक अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपक बोहरा र विशालकुमार पटेल चम्किए । विशालले ४ विकेट लिँदा दीपकले तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर