पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर – ११ बुधमार्ग स्थित ज्योती पोखरेलको निमार्णधिन घरबाट लढेर लेबर काम गर्ने एक कामदारको उपचारको क्रममा मृत्यु भएको छ ।
भारतबाट काम गर्न विराटनगर आएका २५ वर्षिय रन्जित साहको निमार्णधीन तीन तले घरबाट झरेर आज उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साहको उपचारको क्रममा विराटनगरस्थित न्यूरो हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए ।