RUMPUM
animated ellipse animated ellipse

कक्षा ११र १२ को परीक्षा मर्यादित बनाउँन २२ बुँदे निर्देशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ बैशाख २०७६, शुक्रबार १८:४०
3
Shares

विराटनगर । कक्षा ११र १२ को परीक्षालाई मर्यादित बनाउँन शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले २२ बुँदे निर्देशन दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको ध्यानआकर्षण गर्दै मन्त्रालयले सो निर्देशन दिएको हो । यसअघि एसईई परीक्षामा प्रश्नपत्र बाहिरिएको विषयलाई मध्येनजर गर्दै निर्देशन दिईएको शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलले सीआईएनलाई जानकारी दिए । मन्त्री पोखरेलले विद्यार्थी, अभिभावक, केन्द्राध्यक्ष र शिक्षकहरुले आफ्नो दायित्व इमान्दारीताका साथ निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

परीक्षा सुधारको लागि मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा बनाईएको समितिबाट परीक्षा सुधार र तत्कालै लागू गर्नुपर्ने विषयवस्तु समावेश गरी राष्ट्रिय परीक्षा बोर्डलाई यो निर्देशन दिईएको मन्त्रालयले जनाएको छ । कक्षा १२ को परीक्षा बैशाख १५ गतेदेखि सुरु हुँदैछ भने कक्षा ११ को परीक्षा वैशाख २९ गते देखि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर