AArya
RUMPUM
animated ellipse animated ellipse

कक्षा छोडेर विचमै हिड्ने गरेका कारण भर्ना अभियान औपचारिकतामा सिमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ बैशाख २०७६, शुक्रबार १७:४७
3
Shares

विराटनगर / विराटनगर महानगरपालिका सबै हिसाबले अग्रणी मानिदै आएको र एक नम्बर प्रदेशको अस्थायी राजधानी हो । सुगम मानिएको विराटनगर महानगरपालिका भित्रै रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी परिक्षामा सामेल नहुने गरेको पाइएको छ ।

महानगरपालिका क्षेत्रमा रहेको ५१ वटा सामुदायिक विद्यालयले विद्याथी टिकाउन नसक्दा ठूलो संख्यामा विद्यार्थीले परिक्षामा सामेल नभइकन बिचमै कक्षा छाडेर हिड्ने गरेका हुन । नयाँ बर्ष प्रवेशसंगै विद्यालयहरुले विद्यार्थी भर्ना अभियान संचालन गर्छन । तर यसरी परिक्षामा सामेल नै नभई विद्यार्थी कक्षा छोडेर हिड्ने गरेका कारण भर्ना अभियान औपचारिकतामा सिमित हुने गरेको छ । भर्ना अभियान शुरु भएको एक साता वितिसक्दा पनि विराटनगर महानगरपालिकासंग भने महानगरभरी कति बालवालिका विद्यालय वाहिर छन भन्ने यकिन तथ्याङक छैन ।

विराटनगर महानगरपालिका शिक्षा शाखाको अभिलेख अनुसार गत बर्ष नगरको ५१ वटा सामुदायिक विद्यालयमा १ देखि कक्षा १० सम्म १७ हजार १ सय ५ जना विद्यार्थी भर्ना भएका मध्धे १४ हजार ८ सय २ जना विद्यार्थी मात्र परिक्षामा सामेल भएको देखिन्छ । सबैभन्दा बढी प्राथामिक तहमा भर्ना भएका विद्यार्थीले सामुदायिक विद्यालय छोडेर गएको हुन् ।

महानगरपालिको शिक्षा शाखाका अधिकृत दुर्गाप्रसाद खतिवडाले प्राथामिक तहमा ८ हजार ३ सय ८ जना भर्ना भएका मध्य ६ हजार ८ सय ४९ जना मात्र परीक्षामा सामेल भएको र १ हजार ४ सय ५९ जना कक्षा छाडेर परिक्षामा सामेलनै नभएको जानकारी दिए । त्यस्तै नि.मा.मा ४ हजार ८ सय ६० जना भर्ना भएको मध्य ४ हजार ३ सय ७७ जना परिक्षामा सामेल भए भने ४ सय ८३ जना विद्यार्थीले परीक्षा छाडेका हुन । यसैगरि माध्यमिक तहमा ३ सय ६१ जना विद्यार्थीले कक्षा छाडेका छन् । ३ हजार ९ सय ३७ जना भर्ना भएका मध्य ३ हजार ५ सय ७६ जना परीक्षामा सामेल भएका थिए ।

महानगरमा १६ वटा धार्मिक विद्यालय भर्ना भएका सबै विद्यार्थी परिक्षामा सामेल थिए । यो तथ्याङक हेर्दा ५१ विद्यालयबाट २ हजार ३ सय ३ जना विद्यार्थी भर्ना भएका तर परिक्षामा सामेल नभएका हुन् । सामुदायिक विद्यालयमा भर्ना भएका विद्यार्थीलाई टिकाउन नसक्नु अहिले महानगरपालिक क्षेत्रमा रहेको स्कूलको चुनौतिको रूपमा आएको शिक्षा शाखा अधिकृत खतिवडाको भनाई छ । खतिबडाले भर्ना भए जति विद्यार्थीलाई सामुदायिक स्कूलले परिक्षामा सामेल गर्न नसकेको बताउँदै यस बर्षको भर्ना अभियानलाई प्रभावकारी बनाउन लागी परेको बताए ।

बालबालिकाले पढाई किन छोडेभन्ने समेत महानगरले अध्ययन गरेको छैन । अधिकृत खतिवडाका अनुसार स्रोत व्यवस्थापन र जनशक्ति अभावका कारण बालबालिका बारे यकिन जानकारी लिन नसकीएको हो । भर्ना अभियान संगै सामुदायिक विद्यालयलाई स्तारोन्नती गर्न जरुरी छ । न्युन आय भएका परिवारका छोराछोरीले निशुल्क शिक्षा नपाउने, विद्यालय भर्ना भएपनि पढाई पुरा नगर्ने विषय ठुलो चुनौतीको रुपमा रहेकोले किन वालवालिकाहरु विद्यालय शिक्षा पुरा गर्न सकिरहेका छैनन त यो विषय खोजेर समस्या समाधान गर्दै शिक्षा क्षेत्र सुधार गर्न महानगरपालिका र प्रदेश सरकारले पहल गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर