AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

न्यूरो हस्पिटल र एनआईसी एसिया बैंक बीच सम्झौता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ बैशाख २०७६, सोमबार २०:५५
3
Shares
बिराटनगर / एन आई सी बैंक र न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल विराटनगरबीच हस्पिटलले प्रदान गर्ने सेवामा छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारी तथा निजको परिवारले अस्पतालको सेवामा १५ प्रतिशतसम्म छुट पाउने न्यूरो अस्पतालले जनाएको छ ।

सम्झौतामा हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराई र एन आइ सी बैंक विराटनगर शाखा प्रबन्धक संजिब दहालले हस्ताक्षर गरेका हुन भने हस्पिटलकी कार्यकारी निर्देशक अनिशा बिष्टले बैंककी कर्मचारी मनिशा ओलीलाई समझौता पत्र प्रदान गरिन ।

न्यूरो अस्पतालले यस अघि पनि बिराटनगरको ग्लोबल आइ एम इ बैंक , सनराइज बैक , नेपाल पत्रकार महासंघ मोरङ शाखा , मेट लाइफ इन्सोरेन्स लगायतका दर्जनौं संघ संस्थामा आवद्ध सदस्य तथा कर्मचारीहरुलाई छुट सहितको स्वस्थ्य सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर