पूर्वाञ्चल खबर
१२ पुस,विराटनगर / वृहत सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष क्रिकेटको आज भएको खेलमा मध्यपश्चिमाञ्चल र पश्मिाञ्चल विजयी भएका छन ।
मोरङको झापा बैजनाथपुरको खेल मैदानमा भएको समुह क को पहिलो खेलमा मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई ७ विकेटले पराजित गरेको छ । यस अधिनै यी दुइ टिम प्रतियोगिताबाट बाहिरी सकेको हो ।विहान लागेको हुस्सुको कारण १५ ओभरमा छोट्याएको खेलमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले निर्धारित ओभरमा ६ विकेट गमाई ९९ रनको योगफल तयार पारेको थियो । जस्मा दिनेस अग्रीले २२ बलमा ६ चौकाको प्रहार गरी नटआउट ४० रनको योगदान गरेका थिए ।
मध्यपश्चिमाञ्चलका विजय चौधरीले ३ ओभरमा १५ रन दिए २ विकेट तथा नासीर अन्सारी, सिद्धान्त शाही र अमर सिंहले १–१ विकेट लिएका थिए ।
जवाफमा १ सय रनको लक्ष्य पछ्याएको मध्यपश्चिमाञ्चलले १२ दशमलव ५ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियोे । जस्मा प्रतिक थापाले ३७ बलमा २ छक्का र ३ चौका गरी अविजित ५६ रन र अनुपम सिंहले अविजित १६ रनको योगदान दिएका थिए । सुदूरपश्मिाञ्चलका दिनेश अग्रीले ३ ओभरमा २३ रन दिएर २ विकेट र रोशन नेपालिले १ विकेट लिएका थिए ।
दोस्रो खेलमा पश्मिाञ्चलले प्रतियोगिताबाट बाहिरी सकेको पूर्वाञ्चललाई ५ रनकोे अन्तरले पराजित गरी सेमीफाइनलमा पुग्ने आशा जिवितै राखेको छ । पश्मिाञ्चलले ३ खेलमा २ मा जित र १ मा पराजित भइ ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । टस जितेर ब्याटिङ गरेको पश्मिाञ्चलले निर्धारित २० ओभरमा ४ विकेट गमाई १ सय ४३ रन बनाएको छ । जस्मा कृष्ण कार्कीले ४१ बलमा ५ छक्का र ३ चौका प्रहार गरी नटआउट ५५ रन बनाए । अन्तिम थापाले ४१ बलमा २ चौका प्रहार गरी ४१ रनको योगदान गरेका थिए । पूर्वाञ्चलका सन्दिप ढुंगाानाले ४ ओभरमा २० रन दिएर २ विकेट र फिरदोस अन्सारीले १ विकेट लिएका थिए ।
जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको पूवाञ्चलले १९ दशमलव ३ बलमा सवै विकेट गमाई १ सय १८ रनमात्र जोड्न सक्यो । जस्मा महबुब आलमले ३० बलमा २ छक्का र ५ चौका प्रहार गरी ४७ रन र विवेक यादवले २१ रन बनाएका थिए । पश्मिाञ्चलका लालबहादुर अधिबारीले २ दशमलव ३ बलमा २१ रन दिएर २ विकेट तथा धिरज शाहीले ३ ओभरमा २१ रन दिएर २ विकेट लिएका थिए ।