AArya
RUMPUM
animated ellipse animated ellipse

स्यान्टुलाई ऐतिहासिक सफलता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७३, मंगलवार २०:४९
3
Shares

१२ पुस विराटनगर/ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसमा नेपाल पुलिसका स्यान्टु श्रेष्ठलाई ऐतिहासिक सफलता मिलेको छ ।

जुनियर भाग लिएपनि शिनियरमा पहिलो पटक सातौं राष्ट्रिय खेलकुदमा सहभागि भएका १६ वर्षिया श्रेष्ठले पुरुष एकलमा एपिएफका शिवसुन्दर गोथेलाई १२–१०, ११–७, ८–११, ११–४, ५–११, ११–९ ले पराजित गर्दै स्वर्ण पदक कब्जा गर्न सफल भए । च्याम्पिएन भनेका श्रेष्ठ सेमिफाइनलमा नेपाल पुलिसका नै तिन पटक च्याम्पिएन भएका दिप साउनलाई पराजित गर्दै फाइनमा आफ्नो ठाउँ सुरक्षित गरेका थिए । यो जितसँगै सानो उमेरमा पाएको सफलताले आगामि दिनमा खेल्नको लागि अझ हौसला मिलेको श्रेष्ठले बताए ।

एपिएफका शिवसुन्दरले रजतमा नै चित्त बुझाए भने आर्मीका मणि कुमार तामाङ र एपिएफका अम्मरलाल मल्लले कास्य पाएका छन । मणिले एपिएफका पुरुषोत्तम बज्राचार्यलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए । बज्राचार्य दिप साउन विजेता भएको समयका उपविजेता थिए ।

सहिद रङ्गशालाको कर्वड हलमा मंगलबार भएको टेबल टेनिस अन्तर्गत एकल महिला तर्फ नेपाल पुलिसका नविता महर्जनले स्वर्ण जितेकी छिन । नेपाल पुलिसका नै एलिन महर्जनलाई ११–०, ११–८, १०–१२, ११–४, ९–११, ११–८ ले पराजित गरेकी हुन । यो जितसँगै नविताले लगातार ६ पटक च्याम्पिएन हुँदै स्वर्णमा नाम लेखाउन सफल भएकी हुन । आफू लगातार सफल भएकोमा खुसी व्यक्त गर्दै नविताले आगामी दिनमा पनि सफल हुन सक्नेमा आफू सक्षम रहेको बताईन ।

पुलिसकी एलिना महर्जनले रजतमा चित्त बुझाईन भने नेपाल आर्मीका श्वेच्छा नेवाङ र नेपाल आर्मीका नै रविना महर्जनले कास्य पाए ।
एकल महिला पुरुषसँगै नेपाल पुलिसले ६ वटा स्वर्ण पाएको छ । नेपाल आर्मीले एक स्वर्ण जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर