RUMPUM
animated ellipse animated ellipse

फोरमको एकता अधिवेशन हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०७६, शनिबार १०:२०
3
Shares

विराटनगर / संघिय समाजवादी फोरम नेपालको प्रदेश न १ प्रथम एकता अधिवेशन विराटनगर हने भएको छ । सो पार्टीको प्रदेश न १ तदर्थ समितिले विराटनगरमा आज पत्रकार सम्मेलनगरी अधिवेशन तायारी सम्वधमा जानकारी गराएको हो ।

यहि वैशाख १५ र १६ गते हुन लागेको अधिवेशनमा १४ जिल्लाका ५ सय १६ जना प्रतिनिधी सहभागी हुने छन् । संघिय समाजवादी फोरमका अध्यक्ष एंव स्वास्थ्य तथा उपप्रधानमंत्री उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नयाँ कार्य समिति चयन गर्ने अधिवेशनमा पार्टीलाई ससक्त एंव संगठित वनाउने विषयमा छलफलहुने प्रदेश न १ तर्दथ समिति अध्यक्ष भुपेन्द्र नेमाङ लिम्वुुले वताए । अधिवेशन सम्पन्न गर्न १२ लाख रुपैय खर्च हुने जनाइएको छ ।

प्रदेश अधिवेशनले सवै समुदायको हक अधिकार स्थापितगर्ने विषयमा जोड दिने समितिका उपाध्यक्ष राजकुमार यादवले वताए । उनका अनुसार प्रदेश अधिवेशन सम्मपन्न भएपछि व्रशाख वैशाख २८ गतेदेखि तीन दिनसम्म जनकपुरमा पार्टीको प्रथम राष्ट्रिय एकता महाधिवेशन हुने छ । सो महाधिवेशनमा संविधान संशोधन, समानुुपातिक तथा समावेशी करणका मुद्धाका विषयमा छलफल हुने यादवको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर