पूर्वाञ्चल खबर
पथरी /मोरङको पथरी शनिश्चरे नगरपालिका एक महिलाको नग्न अवस्थामा शव फेला परेको छ । हिजो राती पथरीमा आयोजित कन्सर्ट हेरेर घर फर्कीएकी पथरी शनिश्चरे १ की २९ वर्षिय रिना बस्नेतको शव आज बिहान डेरा अगाडी नाङ्गै अवस्थामा भेटिएको हो ।
कोठा अगाडि बस्नेतको नग्न अवस्थामा शरीरबाट रगत बगेर घोप्टो लडिरहेको आज विहान मर्निङवाक गर्ने स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रिनाको भित्री बस्त्र भने कोठामै भेटिएको प्रहरीले जनाएको छ । बस्नेत विरबहादुर बस्नेतको घरमा डेरा बस्दै आएकी थिइन् । उनी १४ वर्षीय छोरा साइमनकासाथ पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिइन् । उनकै पसल अगाडि घोप्टो परेर नाङ्गै अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
बस्नेतको बलत्कार पछि हत्या भएको आशंका प्रहरीले गरेको छ । घर अगाडि नाङगो अवस्थामा उनको शव फेला परेको र उनको बलत्कार पछि हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए ।बस्नेतको टाउकोबाट गहिरो चोट देखिएको प्रहरी निरीक्षक बजगाईंले बताए ।
घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । बस्नेतका श्रीमान सन्तोष वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत रहेको स्थानियले जानकरी दिए ।