RUMPUM
animated ellipse animated ellipse

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु २ घाईते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ चैत्र २०७५, बिहीबार २०:५०
3
Shares

ओखलढुङगा / ओखलढुङगाको लिखु गाउँपालिका ३ नर्वदेश्वर सतलुङमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरीदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

आज दिउँसो लिखु गाऊँपालिका ४ की ५५ बर्षीया सेतीमाया मगर, निजकै छोरी १८ बर्षीया विष्णु मगर र ३२ बर्षीया गोमा मगर घर लिप्ने माटो खन्न गएकोमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिदा ५५ बर्षीया सेतीमाया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । अन्य दुई जना मध्ये बिष्णु मगरको अवस्था गम्भीर भएकोले उपचारको लागि काठमाण्डौ पठाईएको तथा गोमा मगरको अवस्था सामान्य रहेको ओखलढुङगा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर