पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर स्थीत अल्फाविटा कन्सलटेन्सीबाट अध्ययनकालागि जापाल पुगेकी विराटनगरकी प्रोमिशा तामाङले मिस जापान नेपाल २०१९ को उपाधि जित्न सफल भएकी छिन् ।
विराटनगर–१२ पाञ्चालीका राजकुमार तामाङकी छोरी प्रेमिशाले जापानमा आयोजना भएको दोस्रो सिजनको मिस जापान नेपाल प्रतियोगिता जितेकी हुन् ।मिस नेपाल जापान सोसाइटीले आयोजना गरेको सो प्रतियोगितामा फस्ट रनरअप ऋतु गौतम र सेकेण्ड रनरअप आयुशा फुलालले जितेकी छिन् ।
प्रोमिशा अल्फाविटा विराटनगरमा रहेको कन्सलटेन्सीबाट ५० प्रतिशत छात्रवृतिमा एसिया प्यासिफिक यूनिर्भसिटीमा ब्याचलर इन हस्पीटलाटी एण्ड टुरिजम पढ्न सेम्टम्बर २०१८ मा जापानमा अध्ययन गर्न गएकी अल्फाविटा विराटनगरका निर्देशक टिका ढकालले जानकारी गराए । निर्देशक ढकालका अनुसार छिटै अल्फाविटा विराटनगरले प्रोमिशाका बुवालाई सम्मान समेत गर्ने बताए ।