AArya
RUMPUM
animated ellipse animated ellipse

जेभियर्स स्कूलमा विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ चैत्र २०७५, बिहीबार १६:०२
9
Shares

विराटनगर / मोरङको बुढीगंगा–२ टंकिसिनवारीमा रहेको जेभियर्स ई. स्कूलमा यस वर्षको एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई विदाई गरेको छ ।

कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले आज स्कूलमा एक कार्यक्रमको आयोजना गरि दोस्रो व्याचका एसईई दिएका १६ जना विद्यार्थीहरूलाई विदाई गरेका हुन् ।
विद्यार्थीहरूलाई स्कूलका अध्यक्ष जितनारायाण थापा मगर, प्रिन्सिपल परेश पोखरेल , भाइस प्रिन्सिपल जनक ढकाल स्कूलका सञ्चालकहरु सिएम रिजाल, तुलसी खतीवडा, आरसी कोइराला, परिक्षा संयोजक ममीता भण्डारी, अतिरिक्त क्रियाकलाप संयोजक तेजनारायण चौधरीलगायतले विद्यार्थीको उत्तरोत्तर प्रगती तथा उज्वल भविश्यको शुभकामना दिएका थिए । यसैगरि स्कूलका शिक्षकहरूले मायाको चिनो र खादा ओढाएर विदाई गरेका थिए । कक्षा–१० अध्ययनरत पुष्पाञ्जली थापा, कृतिका बस्नेत र हरिचरण माझीले स्कूलमा विताएका कुरा सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर