AArya
RUMPUM
animated ellipse animated ellipse

टेकनाथ–शिवा अधिकारी पुरस्कार घिमिरे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०७५, सोमबार २१:२४
3
Shares

विराटनगर / पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले यो वर्षको ‘कवि टेकनाथ–शिवा अधिकारी साहित्य संस्कृति पुरस्कार’ रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली भाषासाहित्य एवं साहित्यिक पत्रकारितामा दीर्घसेवा गरेबापत उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले स्थापना गरेको सो पुरस्कार यसअघि मनिराज जोशी, भाषाषाशास्त्री बालकृष्ण पोखरेल र डा. तुलसी भट्टराईलाई प्रदान गरिएको थियो ।

पुरस्कार आगामी वैशाख २३ गते टेकनाथ अधिकारीको जन्मजयन्तीको दिन विराटनगरमा आयोजना गरिने कार्यक्रममा अर्पण गरिने प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर