पूर्वाञ्चल खबर
विराटनगर/ विराटगर–१० मा रहेको कान्तिपुर कलेजले चौथो वार्षिक उत्सव तथा विदाई कार्यक्रमको आयोजना गरेको छ ।
कलेजले आज आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा विदाई कार्यक्रम गरेको हो ।
वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट प्रमुख अतिथि अतिथिहरु त्था अभिभावक, शिक्षकलाई दिनभरी मनोरञ्जन दिएका थिए ।
सोही अवसरमा कक्षा १२ का विज्ञान तथा व्यवस्थापक संकायका ७ सय १४ जना विद्यार्थीहरुलाई विदाई समेत गरेको छ ।
कलेजमा अध्यनरत दुवै संकायका चौथो ब्याचको विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले विदाई गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि संघिय साँसद शिवकुमार मण्डलले शिक्षामा रहेको चुनौती र कठिनाइहरु समाप्त गदै लैजानु पर्ने बताए । उनले सरकारी तथा निजि स्कूलमा भएको विभेदलाई ,अन्तय गर्ने बताए । कार्यक्रममा हिसान मोरङका अध्यक्ष बलराम पन्त,विराटनगर प्याव्सनका अध्यक्ष ईन्द्र राई, विराटनगर प्याव्सनका कोषाध्यक्ष शिव अधिकारी, प्याव्सन मोरङका पूर्व अध्यक्षद्वय सुनिल पौडेल र सावित्री पराजुली ,कलेजका सञ्चालकहरु प्रा.डा.तेजनारायण मण्डल,रोशन राजवंशी र भुवन नेपाल तथा कलेजका सीइयो विष्णु दाहाल,गायतले बोलेका थिए ।
कलेजका प्रिन्सिपल सन्तोष भगतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।