AArya
RUMPUM
animated ellipse animated ellipse

वृहत राष्ट्रिय शिक्षा अभियानको आयोजनामा निःशुल्क मन्टेश्वरी तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०७५, शुक्रबार १९:३६
18
Shares

विराटनगर / ‘सीप, संस्कार र प्रविधिसहितको शिक्षा, आजको आवश्यकता’ भन्ने नारासहित वृहत राष्ट्रिय शिक्षा अभियानले निःशुल्क मन्टेश्वरी तालिमको आयोजना गरेको छ ।

विराटनगर १ परोपकारमा अवस्थित सयपत्री परोपकार आधारभूत विद्यालयमा आयोजना गरिएको एकहप्ते मन्टेश्वरी तालिममा ३१ जनाले भाग लिएको अभियानका सहसंयोजक श्रीमन्त भट्टराईले जानकारी दिए ।

समग्र शैक्षिक गुणस्तर साथै सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउनु अनिवार्य रहेको भन्दै देशव्यापी शैक्षिक अभियानमा होमिएको वृहत राष्ट्रिय शिक्षा अभियानले यूवा पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप तालिमको आयोजना गरिएको सहसंयोजक भट्टराईले बताए । ‘कागजी ज्ञानमा मात्र भएको हाम्रो कमजोर शैक्षिक प्रणालीकै कारण ठूलो जनसंख्या विदेशिन बाध्य छ । भएका यूवा पुस्तामा पनि सीप नहुँदा जीवन व्यर्थ खेर फालिरहेका छन् ।’ उनले भने, ‘हामी चाहन्छौं अबको शिक्षा सीप केन्द्रित हुनुपर्छ , संस्कार केन्द्रित हुनुपर्छ अनि प्रविधिसँग नजिक रहेर काम गर्नसक्ने जनशक्ति तयार हुनुपर्छ ।’

शैक्षिक अभियानले अत्यन्तै जीर्ण अवस्थामा रहेका विराटनगरका तीन विद्यालयलाई निःशुल्क सेवा प्रदान गर्दै एक वर्षभित्र नमुना विद्यालय बनाउने अभियान सुरु गरेको छ । जसमा विराटनगर १ मा अवस्थित सयपत्री परोपकार आधारभूत विद्यालय, विराटनगर ३ मा अवस्थित शहिद आधारभूत विद्यालय तथा विराटनगर १९ मा रहेको जागृति आधारभूत विद्यालय रहेका छन् । अभियान अन्तर्गत विद्यालयहरुलाई मन्टेश्वरी विधिबाट अध्यापन गराउन आवश्यक सामग्री तयार पार्न तालिमले सहयोग गर्ने सहसंयोजक भट्टराईको बुझाई छ ।

तालिममा विराटनगर साथै इटहरी, पथरी तथा कानेपोखरी लगायतका स्थानबाट सहभागिहरुले उत्साहजनक सहभागिता जनाएका छन् । सात दिनसम्म चल्ने उक्त तालिमको संयोजन वृहत राष्ट्रिय शिक्षा अभियानका संयोजक एवम विद्यार्थी अभिभावकका मनोपरामर्शदाता अभिषेक घिमिरेले गर्नेछन् । यसबाहेक राजधानी तथा पूर्वका तालिमप्राप्त प्रशिक्षकहरुले तालिममा सहजिकरण गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर