AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको मेरिल्याण्ड कलेजमा विद्यार्थीउद्यमीविच कार्यशाला गोष्ठी सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०७५, शुक्रबार १७:१९
3
Shares

विराटनगर / विराटनगर–६ स्थित मेरिल्याण्ड कलेज विराटनगरमा विद्यार्थीको लागि उद्यमशीलता कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

यूवा र उद्यमशीलता बिषयमा भएको उक्त कार्यशालामा ज्योति समुहमा निर्देशक सौरभ ज्योति , दि फ्याक्ट्री टिमका प्रमुख कार्यकारी निर्देशक अहमद डुल्ला साथै एमएम ग्रुपका प्रबन्ध निर्देशक सुयश प्याकुरेलले विद्यार्थीसँग छलफल गर्ने साथै उद्यमशीलताको बारे कार्यशाला गरेको कलेजका विजनेस डेभलप्मेन्ट म्यानेजर विवेक दाहालले जानकारी दिए ।

कार्यकमका वक्ताहरुले विद्यार्थीलाई लगानी भन्दा पनि ब्यापारको योजना राम्रो बनाउन सके कुनै पनि व्यावसायिक क्षेत्रमा सफलता हात पर्न सक्ने बताए । यूवाहरुले विदेश जानु जरुरी नभएको र नेपालमा अनेकौ क्षेत्रमा सम्भावना रहेको पनि उनीहरुले विचार व्यक्त गरे ।

कलेजमा वेलायतको युनिभर्सिटी अफ वल्भरह्याम्टनको विविएम पढिरहेका विद्यार्थीहरुलाई वास्तविक उद्यमी र नेपाली वजार क्षेत्रसँग नजिक लाने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको कलेजका प्रमुख कार्यकारी निर्देशक डा. ऋषिकेश वाग्लेले बताए । साथै उनले चाडै विद्यार्थीहरुको लागि विभिन्न उद्यमशीलता समन्धीका कार्यक्रम गरिने पनि जानकरी दिए ।

कार्यक्रममा विद्यार्थीहरुले वक्ताहरुलाई उद्यमशीलता र व्यवसायिकता हासिल गर्न चाहिने गुणहरुको बारेमा प्रश्न गरेका थिए । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा वेलायतको विजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज विराटनगर, इटहरी इन्टरनेसनल कलेज , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर