पूर्वाञ्चल खबर
सुनसरी / ईटहरीमा जारी मेयरकप फूटबल प्रतियोगिताको उपाधिका लागी धरान उपमहानगरपालिका र रामधुनी नगरपालिका बिच हुनेछ ।
आज भएको अन्तिम सेमिफाइनल खेलमा बराहक्षेत्र नगरपालिकालाइ १–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । रामधुनी नगरपालिका यसअघि बुधबार दुहबी नगरपालिकालाइ पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । अव उपाधिका लागी रामधुनी र धरानबिचको खेल शुक्रबार हुनेछ । बिहिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा धरानका लागी मिलन राइले खेलको २६ औ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
खेलको म्यानअफ द म्याच पराजित टिम बराहक्षेत्रका अनिल धामी घोषित हुदै नगद २ हजार पाए ।