RUMPUM
animated ellipse animated ellipse

कर छलेको आशंकामा सहकारीमाथि अनुसन्धान शूरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०७५, बिहीबार २१:१७
3
Shares

विराटनगर / गलत विवरण पेश गरेर कर छलेको आशंका गर्दै आन्तरिक राजश्व कार्यालय विराटनगरले सहकारीमाथि अनुसन्धान थालेको छ ।

वार्षिक लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएको कारोबार विवरणमा आशंका उत्पन्न भएपछि मोरङका ठूला सहकारीमाथि राजश्व कार्यालयले अनुसन्धान थालेको हो । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत दिलिपकुमार गौतमका अनुसार सहकारीले मासिक रुपमा बुझाउनु पर्ने अग्रिम भुक्तानी कर (टिडिएस) र ब्याज करमा समेत गडबढ गर्दै आएको देखिएको छ ।

अधिकृत गौतमले कार्यलयलाई सहकारीले बुझाएको वार्षिक आय–व्ययविवरण पनिशंकास्पद देखिएको बताए ।

लेखा परीक्षकसँगको मिलेमतोमा सञ्चालकले झुटो आर्थिक प्रतिवेदन राजश्वकार्यालयमाबुझाउने गरेको आशंकागर्दै कार्यालयले जिल्लाभरका धेरै सहकारीसँग कागजात माग गरेको छ ।

मोरङमा १२ प्रकृतिका एक हजार ९९ सहकारी छन् । जसमध्ये बचत तथा ऋण सहकारीको संख्या ६ सय १ रहेको छ । सहकारीमा आवद्धता शेयर सदस्यको संख्या तीन लाख १५ हजार रहेको छ । जिल्लामा २६ अर्बको कारोबार सहकारीमार्फत हुँदै आएको जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर