११ पुस विराटनगर/ वर्तमान अवस्थामा राष्ट्रियताको विषयमा चर्चा चलिरहेको बेला नेपाली राष्ट्रिय झण्डा तथा मेलमिलापको सन्देश दिने उत्कृष्ट नाटक “झ माने झण्डा” विराटनगरको आरोहण गुरुकुलमा प्रदर्शन हुने भएको छ ।
आरोहण गुरुकुलको प्रस्तुति तथा आवर विराटनगर डट नेटको व्यवस्थापनमा हुन लागेको उक्त नाटकका लेखक रामभजन कामत रहेका छन् ।
आगामी पुस १६ गते शनिबारका दिन दिउँसो ३ बजे उक्त नाटक मञ्चन गरिने छ । नाटकले बालबालिका देखि बृद्ध सबैलाई समेट्ने आयोजकले बताएको छ ।